Logo

महराविरुद्ध रोशनी शाहीले किन खोलिन् फायर ?



काठमाडौं, २१ पौष । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले एकपछि अर्को फायर खोलेकी छिन् । उनले महरालाई धम्की समेत दिने गरी दुई दिनयता सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् ।

महराविरुद्ध यौन दुव्र्यवहारको रिट दायर गरी पछि आफै फिर्ता गर्न पुगेकी शाहीले अदालतमा समेत निर्दोष रहेको बयान दिएकी थिइन् । तर, माओवादी केन्द्रको पदाधिकारी चयनको ठिक पूर्व उनले महराविरुद्ध लेख्न थालेकी छिन् । जसमा महरालाई उन्मुक्ति दिन गरेको सम्झौताको विषय समेत छ ।

रोशनी शाहीले मङ्गलबार फेसबुकमा लेख्दै महरालाई जेलबाट छुटाउन बाचा कसम उनका छोरा राहुल महराले गरेको लेखेकी छिन् । आफूसँग बाचा कसमका रेकर्ड सुरक्षित रहेको समेत लेखेकी छिन् । फेसबुकमा उनको चर्को आलोचना हुनेगरी प्रतिक्रिया आउन थालेपछि आफू सत्य लेख्ने जसले जे कमेन्ट गरेपनि मतलब नगर्ने उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले रिया क्षेत्रीविरुद्ध पनि लेखेकी छिन् । रियाको फोटोसमेत राखेर महराको जोई बन्न खोजेको टिप्पणी गरेकी छिन् । रिया क्षेत्री प्रेस सेन्टरकी हुन् । उनीविरुद्ध रोशनीले फेसबुकमा फोटोसहित गम्भीर विषय लेखेकी छिन् ।

रोशनी शाही महरासँग खनिइन्, जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड सुरक्षित रहेको दाबी



प्रतिक्रिया दिनुहोस्