Logo

चेल्सी कारबाओ कपको फाइनलमा



एजेन्सी, पुस २९ । चेल्सी कारबाओ (इएफएल) कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी टोट्टनहामलाई उसैको मैदानमा १–० गोलले हरायो ।

चेल्सी समग्रमा ३–० गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा पनि चेल्सीले २–० गोलको जित निकालेको थियो । चेल्सीको जितमा एन्टेनियो रुडिगरले गोल गरे । रुडिगरले १८औँ मिनेटमा मासन माउन्टको पासमा गोल गरेका थिए ।

चेल्सीले सोही अग्रतालाई अन्तिमसम्म कायम राख्यो । टोट्टनहामले गोलका लागि राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । चेल्सीले फाइनलमा लिभरपुल र आर्सनलबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल फेब्रुअरी २७ मा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot