Logo

प्रधानमन्त्री कपः पहिलो खेल स्थगित, दोस्रो खेलमा बागमती र गण्डकी भिड्ने



काठमाडौं, १ माघ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको नेपाल पुलिस क्लब र प्रदेश नं. १ बीचको खेल स्थगित भएको हो ।

प्रदेश १ का खेलाडीमा कोरोना संक्रमण भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको बताइएको छ ।

उक्त खेलको बारेमा कोरोना परिक्षणपछि निर्णय गरिने बताइएको छ ।

समूह ‘ए’ अन्तर्गत पुलिस सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने प्रदेश १ ले पनि सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

आज हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

समूह बी मा रहेको बागमती दोस्रो स्थानमा रहेको छ भने गण्डकी अंक विहीन रहदै पुछारमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot