Logo

टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि आर्मीलाई



काठमाडौं, १ माघ । दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी उपाधि उचालेको छ ।

उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८,२४–२६,२५–१८ र २५–१९ को सेटमा हराएको हो ।

आर्मीले पहिलो पटक टाइगर कपको उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गरेको छ ।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्