Logo

नेपालमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण



काठमाडौँ, १ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ५६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्