Logo

अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ



काठमाडौं, १७ माघ। अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलामा रहेको साउदी रियाल ४७ हजार १ सय ५०, युएई दिराम ४ सय, ओमानी रियाल ५.५ र ३ सय बैसा र भारतीय रुपैया १ सय फेला पारेको हो ।

उनलाई बरामद विभिन्न मुद्रा सहित आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot