Logo

पसल फुटाई मोबाइल चोरी गर्ने ५ जना पक्राउ



बारा,१७ माघ । पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका(४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् ।

उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागूऔषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot