Logo

नेपाली टोलीमा दुई परिवर्तन, खेलका लागि मैदान तयार



काठमाडौं, १८ माघ । अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ ।

आज हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

अल्मुताईरीले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीको ठाउँमा युवा खेलाडी मनिष डाँगी र दर्शन गुरुङलाई ठाउँ दिएका छन् ।

त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा हुने खेल ४ः४५ बजे सुरु हुनेछ । खेलका लागि रंगशाला तयार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने मरिसस पहिलो जितका लागि मैदान उत्रिनेछ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्

Screenshot