Logo

विश्वकप छनोटमा जापान, साउदी र अष्ट्रेलियाबीचको प्रतिष्पर्धा रोचक मोडमा, कस्को छनोट सम्भावना कति ?



एजेन्सी, १९ माघ । विश्वकप फुटबलमा एशिया प्यासिफिकतर्फको छनोट रोचक बनेको छ । समूह बी मा साउदी अरब, जापान र अष्ट्रेलियाबीच छनोटका लागि त्रीपक्षीय प्रतिष्पर्धा रोचक मोडमा पुगेको हो ।

समूहका ६ टोलीले २-२ खेल खेल्न बाँकी रहँदा अन्तिम खेलबाट मात्र छनोट हुने टोलीको निर्णय हुने देखिएको छ ।

साउदीलाई २-० ले हराउँदै जापान समूहको दोस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले ओमानसँग २-२ को बराबरी खेलेको छ । अहिले साउदीको १९, जापानको १८ र अष्ट्रेलियाको १५ अंक छ ।

साउदीले अष्ट्रेलियासँग अन्तिम खेल खेल्नेछ । बराबरीले मात्र पनि उसको कतार यात्रा सुनिश्चित हुनेछ । जापानले अष्ट्रेलियासँग बराबरी गरेमात्र छनोट हुनेछ । उसले अन्तिम खेल भियतनामसँग खेल्ने भएकाले छनोटको सम्भावना बलियो भएको छ । भियतनाममाथिको जितले जापानको कतार यात्रा सुनिश्चित हुनेछ ।

अष्ट्रेलिया भने जापान र अष्ट्रेलियासँग खेल्ने बाँकी दुई खेल जित्नैपर्ने दबाबमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा पुगेमा प्ले अफ खेल्नेछ । समूह ए को तेस्रो हुने टोलीसँग प्ले अफमा विजेता टोलीले दक्षिण अमेरिकाबाट छनोटमा पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछ । विजेता टोली विश्वकपमा छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot