Logo

सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्नसक्ने



काठमाडौं, २३ माघ । सरकारले भोलि सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने प्रबल सम्भावना रहेको छ । मन्त्रिपरिषदको बैठकले ४ जेठ २०७९ मा स्थानीय चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्ने तयारी भएको हो । उक्त मितिको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी समेत भएको बुझिएको छ ।

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको बैठकमा चुनावको मितिको एजेन्डा तयारी अवस्थामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने तत्काल चुनावको घोषणा गर्न रोक्न खोजिरहेका छन् । उनीहरु चुनाव केही पर धकेल्न खोजिरहेका छन् ।

प्रचण्ड र नेपालको चाहना विपरित देउवाले चुनावतर्फ देशलाई लान खोजेपछि गठबन्धनभित्र टकराव बढिसकेको छ । आज साँझ नै गठबन्धनको भविष्यको छिनोफानो हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot