Logo

अन्डर-१९ विश्वकप विजेता खेलाडीलाई जनही ४० लाख भारु दिने घोषणा



एजेन्सी, २३ माघ।अन्डर-१९ विश्वकप विजेता टोलीका खेलाडीले जनही ४० लाख भारतीय रुपया पाउने भएका छन् । भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट (बीसीसीआई)ले विश्व कप जितेको भारतीय टिमका हरेक खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने जनाएको हो । यस्तै टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गरिने जनाइएको छ ।

गएराति भएको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटाएकाे थियाे । अन्डर १९ विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot