Logo

न्यायापालिकाको ‘डेडलक’ हटाउन बाध्य भएर महाअभियोग लगाउनुपर्‍यो : देव गुरुङ



काठमाडौँ, १ फागुन। नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको ‘डेडलक’ खुलाउन तयार नभएपछि बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन् । आज (आइतबार) ९८ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सचेतक गुरुङले बाध्यात्मक परिस्थिति आएपछि महाभियोग दर्ता गराइएको बताएका हुन् ।

उनले भने, ‘न्यायापालिका निरन्तर डेडलक भएको अवस्था छ, यस्तोमा जनताका प्रतिनिधि सांसदहरूले सधैँ टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन। हामीले अहिलेसम्म पर्खिएकै थियौँ । त्यहीँबाट समस्या समाधान होस् भन्नेमा हामी आशावादी थियौँ । तर, प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्ने अवसर छ, दिनुपर्छ भनेर हामीले यो समय पर्खिएको अवस्थामा पनि उनले मार्गप्रशस्त नगरेपछि बाध्य भएर महाअभियोग दर्ता गरेका हौँ ।’ न्यायालय ठप्प हुँदा त्यसले संविधानमाथि जोखिम बढाएको उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot