Logo

ब्याटिङतर्फ दिपेन्द्रलाई ठुलो सफलता



काठमाडौं, ४ फागुन । नेपाली राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० वरीयाताको ब्याटिङतर्फ छलाङ मारेका छन् ।

ओमानमा सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरीयातामा ठूलो सुधार आएको हो ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताक्रम अनुसार दिपेन्द्र ५२औं स्थानमा रहेका छन् ।

दीपेन्द्रले तीन खेलमा एक अर्धशतकसहित १४२ रन बनाएका थिए । चारदेशीय शृंखलमा दीपेन्द्र सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । दीपेन्द्रले ओमानविरुद्धको पहिलो खेलमा अविजित ७३ रन बनाएका थिए ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेल ६५औँ स्थानमा यथावत रहेका छन् । नेपालका कप्तान सन्दीप लामिछाने बलिङतर्फ वरीयाताको ६३औँ स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot