Logo

पहिलो टी–२० सिरिजमा भारतको जित



काठमाडौं, ५ फागुन । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० सिरिजमा भारतले जित निकालेको छ ।

बुधबार राति भारतको कोलकत्तामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४० रनको योगदान गरे भने इशान किशनले ३५ रन जोडे ।

सूर्यकुमार यादवले अविजित ३४ रन तथा भेन्कातेस आयर अविजित रहँदै २४ रन जोडे ।

यस्तै, पूर्वकप्तान विराट कोहली १७ रनमा पविलियन फर्किए ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजकालागि निकोलस पुरनले सर्वाधिक ६१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, केली मेयर्सले ३१ तथा कप्तान केइरन पोलार्डले अविजित २४ रन जोडे ।

भारतकालागि हर्सल पटेल र रबि बिश्नोईले समान २÷२ विकेट लिए ।

यस जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot