काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले एकै ओभरमा पाँचौ र छैटौं विकेट लिएका हुन् ।
अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् ।
नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए ।
आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।