Logo

महिला बलात्कार गर्ने क्याम्पका ठेकेदार पक्राउ



तनहुँ, १२ फागुन । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि लेवर क्याम्पमा बस्दै आएकी ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot