Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनार्थ बोलाइएको प्रदेश सभा बैठक जारी (भिडिओसहित)



काठमाडौं, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनार्थ बोलाइएको प्रदेश सभाको बैठक जारी रहेको छ । कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक छ । मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका (सभामुख बाहेक) ७ र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने निश्चित भने छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समर्थन गरेमात्रै उनले विश्वासको मत पाउने अवस्था छ । तर, राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot