Logo

आलियाको ‘गंगुबाई काठियावाडी’ले दोस्रो दिन १३ करोड कमायो



एजेन्सी, १६ फागुन । बलिउड अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज भएको छ । योसँगै फिल्मले बक्स अफिसमा दोस्रो दिन १३ करोड ३२ लाख कमाएको छ । योसँगै आलियाको फिल्मले २ दिनमा २३ करोडको व्यापार गरेको छ । फिल्म ५०% अकुपेन्सीमा रिलिज भएको थियो । तर, चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेड विश्लेषकहरुका अनुसार दर्शकहरु फेरी हलमा पुग्न थालेकाले चलचित्रको कमाईलाई तिब्रता दिन सकिन्छ ।

योसँगै साउथ सुपरस्टार अजितको वलिमाई रिलिजको तेस्रो दिन बक्स अफिसमा १०० करोडको क्लबमा सामेल भएको छ । यसले अहिलेसम्म तमिलनाडुमा ८१ करोड २५ लाख रुपैयाँ कमाएको छ। योसँगै भिमला नायकले दोस्रो दिन तमिलनाडु र आन्ध्र प्रदेश सर्कलबाट पनि ६२ करोडको व्यापार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot