Logo

रेखा थापाविरुद्ध बोलेको भन्दै सर्मिला बाइबालाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी पुगेपछि…



काठमाडौं, २६ फागुन । सामाजिक सञ्जालमा रेखा थापाविरुद्ध बोलेको भन्दै सर्मिला बाइबालाई प्रहरीले पक्राऊका लागि सक्रियता बढाएका छन् । बाइबा बस्ने गरेको काठमाडौस्थित घरमै सादा पोशाकका प्रहरी पुगेका छन् । त्यहाँ उनलाई नभेटेको बुझिएको छ ।

रेखा थापाले आफूलाई तथानाम गाली गरेको भन्दै आफन्तमार्फत् प्रहरीमा बाइबाविरुद्ध उजूरी दिएकी थिइन् । पल शाह प्रकरणमा थापाले पीडित नाबालिगको पक्षमा लेखेपछि वाइबाले रेखा थापाको व्यक्तिगत जीवन उल्लेख गरी प्रश्न गरेकी थिइन् ।

पल शाहको पक्षमा लागेर बोलेको भन्दै वाइबा तारोमा परेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । वाइबाले अभिव्यक्ति स्वतन्त्रतामाथि नियोजित रुपमा प्रहार गर्न खोजिएको भन्दै यसका लागि संघर्ष गर्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot