Logo

श्रीलंका पुलिसविरुद्ध आसिफ र कुशलको अर्धसतह, रोहितको आक्रामक ब्याटिङ जारी



काठमाडौं, २६ फागुन । नेपाली क्रिकेट टिमले आज तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँगै खेल्दैछ ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक खेलिरहेको छ । जारी खेलमा नेपालले ३७ ओभरमा मात्र ६ विकेटको नोक्सानीमा २ सय २३ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबैले अर्धसतह पुरा गरेर पविलियन फर्किएका छन् । ओपनर कुशल भुर्तेल ५७ र आसिफ शखे ५२ रनमा आउट भए । यस्तै, आरिफ शेख ३५ रनमा आउट भए भने विनोद भण्डारीले ३ रन मात्र जोड्न सके । भिम सार्कीले २ तथा पवन सर्राफले ३ रन बनाए ।

क्रिजमा करण केसी र रोहित कुमार पौडेलले रहेका छन् । यो समाचार तयार पार्दासम्म रोहितले अविजित रहदै ६९ रनमा आक्रामक खेलीरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot