Logo

नेपालको समृद्धिको लागि बीआरआईको आवश्यकत्ता छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पूर्वाधारको विकास र नेपालको समृद्धिको लागि बीआरआईको आवश्यकत्ता औंल्या एका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले यस्तो बताएका हुन् । उनले एमसीसी संसद्को विषय र आन्तरिक मामिला भएको उल्लेख गरे । आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणा गरी एमसीसी पारित गर्ने निर्णय गरेपछि आफूहरुले त्यसलाई फलो गरेको पनि स्मरण गराए ।

उनले पूर्वाधारको विकास र नेपालको समृद्धिका लागि बीआरआईको आवश्यकता रहेको उल्लेख गर्दै भने,‘कति ऋण हो, कति अनुदान हो, दुई देशका सरकारको आपसी सहमतिमा हुने हो ।’ उनले कोभिडका कारण नेपाल र चीनबीचका नाका अवरुद्ध भएपनि अब बिस्तारै कोभिड नियन्त्रण हुँदै गएकाले सहज हुने विश्वास दिलाए ।

उनले पाँच दलीय गठबन्धन ब्रेक नभएको जिकिर गरे । उनले भने,‘चुनावमा एक्लै जाने वा कसरी जाने तत्कालीन परिस्थितिमा निर्भर हुन्छ । एजेन्डा मिल्नेसँग सहकार्य हुन्छ, नमिल्नेसँग हुन गाह्रो छ । दीर्घकालीन रुपमा कांग्रेससँग एजेन्डा मिल्दैन । तर तात्कालीन रुपमा संविधान र लोकतन्त्रको रक्षाको एजेन्डा मिलेको छ । पार्टीभित्र विभिन्न मत छ । तर या त गठबन्धन ब्रेक हुनुपर्यो, कि सहकार्यमा जानुपर्यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot