Logo

मेगा बैंकले गर्यो साताव्यापी वित्तीय साक्षरता कार्यक्रम



काठमाडौ,१५ चैत्र । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको बैंकले जनाएको छ ।

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आईतबार काठमाडौंमा आयोजना गरिएको ¥यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot