Logo

बैशाखबाट प्रसारण हुने ‘नेपाल्स सिङ्गिग सुपरस्टार’को अडिसन खुला



काठमाडौं, १८ चैत्र । इमेज च्यानलबाट प्रसारणमा हुने सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिग सुपरस्टार’ को अडिसन खुला भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गरेको उक्त शो आगामी बैशाख १८ गतेबाट प्रसारण हुने जनाइएको छ ।

निर्णायकहरुमा गायकहरु सत्यराज आचार्य, सञ्जय श्रेष्ठ, स्वरुपराज आचार्य गायिका मिलन नेवार रहनेछन् । अडिसनमा सहभागी हुन नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर पेजको म्यासेज बक्स वा इमेलमा आफुले गाएको २ मिनेट लामो भिडियो पठाउन पर्ने शो जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot