Logo

रुद्राक्ष लगाएर ओलीले भनेः नेपाललाई बिर्गान सांस्कृतिक हमला भइरहेको छ



काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बिगार्न सांस्कृतिक हमलाहरु भइरहेको बताएका छन् । उनले एमालेनिकट जनसांस्कृतिक महासंघको सम्मेलनमा बोल्दै सांस्कृतिक हमलालाई पराजित गर्नुपर्ने बताए ।

‘कुनै देश बिगार्नु छ भने संस्कृति बिगारिदिए पुग्छ,’ रुद्राक्ष लगाएका ओलीले भने, ‘नेपाललाई बिगार्न सांस्कृतिक हमला भइरहेको छ, त्यसलाई पराजित गर्नुपर्छ ।’

ओलीले संस्कृति समाजको जीवन्तता भएकाले समाजको जिउँदोपनका लागि यसलाई जोगाउनुपर्ने बताए । उनले नेपाली संस्कृति डमरु बजाएर त्रीशुल बोकेर नाँचेर विकास भएको उल्लेख गरे । ओलीले भने,‘डमरु बजाएर र त्रीशुल बोकेर नाँचेको संस्कृति हो । शिव यहींका थिए, शिव नृत्यको सभ्यता हो यहाँको ।’

ओलीले ऋषि पतञ्जली पनि अर्घाखाँचीको भएको भन्दै ज्ञान, सभ्यता र संस्कृतिको आरम्भ यहीबाट भएका उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot