Logo

थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना डिस्चार्ज



काठमाडौं, २१ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनाको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ८९ रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या ८ सय ४२ रहेको छ । आज दिनभरमा ६० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोमबार संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot