Logo

नेपाललाई उपाधि (फोटोफिचर)



काठमाडौं, २१ चैत्र । नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । आज भएको खेलमा २० रनको जित हासिल गरेको हो ।

नेपालको जीतमा दीपेन्द्र ऐरी नायक बने । उनले ४ विकेट लिएका थिए । उनले ५४ रन बनाएका थिए । १ सय ६० रन बनाएको नेपालले पपुवा न्यु गिनीलाई १ सय १८ रनमै समेटेको थियो ।

नेपालले मध्यम स्कोर बनाएको थियो । पपुवा न्यु गिनीका ब्याट्सम्यानहरुलाई दबाबमा पार्दै नेपालले सानदार जित हासिल गर्यो ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको छ ।

Photo: Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot