Logo

ओलीको टिप्पणी– भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई पनि मूर्ख भन्छन् (फोटोफिचर)



काठमाडौं, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई समेत मूर्ख भन्ने टिप्पणी गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भ्युटावरको विरोध गर्ने सत्ता गठबन्धन दलका नेताहरूले धरहरा बनाएकामा भीमसेन थापालाई समेत मूर्ख भन्ने बताए ।

यस्तै, आफुले अफ्ठ्यारो र अवरोधका बीच पनि विकासका कामहरुको जग बसाउन सफल भएको दाबी गरे ।

ओलीले गठबन्धनका नेताहरूले योजनामा परेका बाटा, अस्पताल, कलेज बनाउने योजना रद्द गरेर नबनाउने कसम खाएको आरोप समेत लगाए । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot