Logo

श्रीमानको मृत्यु भएको ११ महिनापछि आमा बनिन् महिला, ससुराले दिए बुहारीलाई अधिकार



एजेन्सी, २७ चैत्र । तेलंगानाकी एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिएकी छन् । यसका लागि महिलाले आईभिएफ प्रविधिको सहारा लिइन् । तेलंगानाको मनचेरियलकी ३२ वर्षीया महिला आमा बन्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले श्रीमानसँगै आईभीएफ मार्फत सन्तान जन्माउने सोच बनाएकी थिइन् । तर यसैबीच कोभिडको दोस्रो लहरमा महिलाका श्रीमानको मृत्यु भयो।

श्रीमानको अन्तिम इच्छा पूरा गर्न महिलाले उनको मृत्युपछि पनि आमा बन्ने निर्णय गरिन् । आइभीएफको प्रक्रिया महिलाको श्रीमानको मृत्यु हुनु अघि नै सुरु भएको थियो। उनले जमेको शुक्रकीटको सहायताले गर्भधारण गरेकी हुन् ।

महिलाका ३४ वर्षीय श्रीमानको २०२० अप्रिलमा मृत्यु भएको थियो । केहि महिना पछि, महिलाले आफ्नो डाक्टरलाई सम्पर्क गरिन् र आएभीएफको प्रक्रिया सुरु गर्न भनिन्। तर यसका लागि श्रीमान–श्रीमती दुवैको सहमति आवश्यक रहेको भन्दै चिकित्सकले अस्वीकार गरेका थिए । यस्तो अवस्थामा महिला उच्च अदालत पुगिन् । अदालतले एक सातामै महिलाको पक्षमा फैसला सुनायो । त्यसपछि डाक्टरहरूले फेरि एक पटक आईभीएफ प्रक्रिया सुरु गरे। त्यसपछि ती महिला गर्भवती भएकी थिइन् र अहिले उनले छोरालाई जन्म दिएकी छिन् ।

श्रीमानको मृत्युपछि महिलाले आमा बन्ने इच्छा व्यक्त गरेपछि ससुराले साथ दिए । डाक्टरले अस्वीकार गरेपछि महिलाका ससुराले यो मुद्दा अदालतमा लगेर बुहारीलाई आमा बन्ने अधिकार दिएका थिए । बच्चा जन्मिएपछि महिलाका परिवारमा खुसी छाएको छ ।

आइभिएफ भनेको के हो

आइभिएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन चिकित्सा विज्ञानको एउटा प्रविधि हो जसको सहायताले दम्पतीले प्रयोगशालामा उपचारका लागि आफ्नो अण्डा र शुक्रकीट दिन्छन्। महिला वा पुरुषको डिम्ब वा शुक्रकीटमा कुनै समस्या भएमा डाक्टरले ल्याबमा सरसफाई गर्छन् । पुरुषको हकमा, दोषपूर्ण र निष्क्रिय शुक्रकीट छुट्याइन्छ। यसपछि भ्रूणलाई प्रयोगशालामा नै विकसित गरी महिलाको पाठेघरमा हालिन्छ । त्यसपछि उनी आमा बन्न सक्छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot