Logo

पाकिस्तान ऋणको पासोमा, तीन महिनामा साँढे २ अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने



एजेन्सी, ३० चैत्र । पाकिस्तानले अप्रिल देखि जूनबीचको तीन महिनामा साँढे दुई अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने भएको छ । उसले आर्थिक वर्षमा १२ अर्ब ४० करोड डलर ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने अनुमान गरिएको इन्फरमेशन वल्डवाइडको रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्दो छ । स्टेट बैंक अफ पाकिस्तानले पाकिस्तानमा १७ अर्ब ४७ करोड डलर संचिती रहेको उल्लेख छ ।

संचिती घट्दो छ । विदेशी ऋणको साँवा र ब्याज तिर्न पाकिस्तानलाई चुनौती बन्न थालेको छ । उसको संचिती नै ह्वात्तै घटेपछि समस्याहरु देखिन थालेको छ ।

पाकिस्तानमा राजनीतिक अस्थिरताले थप समस्याहरु ल्याएको हो । पाकिस्तानी रुपियाँको मूल्य डलरको तुलनामा निकै कमजोर भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot