Logo

वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा रुस, युक्रेनसहित देशका ७३८ आराही



काठमाडौं, ३ वैशाख । वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा विश्वका ७० देशका ७३८ आरोही छन् । पर्यटन विभागका अनुसार आरोहणको अनुमती पाउनेमध्ये १५५ महिला र ५८३ पुरुष छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका ११७ आरोही छन् । रुसका १९ र युक्रेनका १ आरोही छन् ।

ताइवानका १ आरोहीले चीनको प्रान्तको रुपमा अनुमती पाएका छन् । अफ्रिकी मुलुक स्वाजिल्यान्ड, मोरक्को, इजिप्टका नागरिक पनि हिमाल आरोहणको अनुमती पाउनेमा पर्छन् ।

सबैभन्दा बढी यूरोपेली युनीयनका देशका आरोही छन् । पछिल्लो समय खाडी देशहरुका नागरिक पनि नेपालको हिमाल आरोहणमा आउन थालेको तथ्यांक छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot