Logo

बेलायती प्रधानमन्त्री जोन्सन किन भारत पुग्दैछन् ?



एजेन्सी, ४ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण गर्ने भएका छन् । उनी २१ अप्रिलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरात पुगेर भ्रमणको सुरुवात गर्ने तय भएको छ ।

अहमदाबादमा पुगेर उनले व्यापारबारे कुराकानी गर्ने तय भएको छ । पहिलोपटक बेलायतका कुनै प्रधानमन्त्री गुजरात पुग्दैछन् । उनले नयाँ विज्ञान, स्वास्थ्य तथा प्रविधि परियोजनाको घोषणा गर्नेछन् । त्यसबाहेक बेलायतको मुख्य लगानीबारे पनि महत्वपूर्ण घोषणा गर्ने समाचार एजेन्सी एएनआइले जनाएको छ ।

जोन्सन २२ अप्रिलमा दिल्ली पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । उनले खुल्ला व्यापार सम्झौतालगायतका विषयमा कुराकानी गर्ने बताइएको छ ।

भारतीय कम्पनीहरुको पनि बेलायतमा लगानी रहेको र त्यसबारे पनि छलफल हुने बताइएको छ । भारतीय कम्पनीले बेलायतमा झण्डै एक लाख रोजगारी सृजना गरेका छन् ।

भारतले रुस र युक्रेनबीचको युद्धमा तटस्थ भूमिका निभाइरहँदा बेलायती प्रधानमन्त्री जोन्सनको भ्रमण हुन लागेको हो । बेलायत रुसविरुद्धको प्रतिबन्धनमा कडा रुपमा प्रस्तुत हुँदै आएको छ । भारतलाई रुसको कदमविरुद्धको कित्तामा उभिन दबाब दिनेमा अमेरिकासहित बेलायत पनि पर्दछ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot