Logo

पाकिस्तानी फौजले अल्पसंख्यक आदिवासी चालकलाई मरभूमिमा हिंड्न वाध्य पारे



एजेन्सी, ४ वैशाख । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले स्थानीय अल्पसंख्यक आदिवासी चालकहरुलाई गाडी छाड्न वाध्य पारेका छन् । उनीहरुले चालकरुलाई गाडी छाड्न लगाएर मरभूमिमा हिंड्न वाध्य पारेको स्थानीय मिडियाले उल्लेख गरेको छ ।

अफगानिस्तानसँगको सीमा जोडिएको चागाई जिल्लाका बलोच चालकहरुप्रतिको त्यो व्यवहारले कतिपयको डिहाइड्रेसन र भोकमरीले मृत्यु भएको सञ्चारमाध्यम डनले जनाएको छ । चागाई जिल्लाको नोकुन्डी र डालबन्डिन क्षेत्रमा हिंसात्मक प्रदर्शनपछि यो घटना बाहिर आएको हो ।

त्यहाँ एकजना चालकको सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएपछि प्रदर्शन भएको थियो । सीमा क्षेत्रमा रोक्न भन्दा भाग्न खोजेको भन्दै सुरक्षाकर्मीले गोली चलाएको डनको रिपोर्टमा उल्लेख छ ।-Representative Photo: Reuters



प्रतिक्रिया दिनुहोस्

Screenshot