Logo

अफगानिस्तानमा सबै समुदायको प्रतिनिधित्वमूलक सरकार बन्नुपर्नेमा इरानको जोड



एजेन्सी, ५ वैशाख । अफगानिस्तानको राजनीतिमा इरानले चासो बढाएको छ । उसले आफू अनुकूलकालाई त्यहाँको सरकारमा लाने प्रयास थालेको छ ।

इरानले अफगानिस्तानमा सबैको सहभागिताको सरकारमा जोड दिएको छ । सबै समुदायको प्रतिनिधित्व हुने सरकार बन्नुपर्नेमा इरानका विदेशमन्त्री होसेन अमिर अब्दोलाहिनले जोड दिएका छन् । सबैको प्रतिनिधित्वको सरकार भए मात्र इरानले कामचलाऊ सरकारलाई मान्यता दिने स्पष्ट पारेका छन् ।

तालिवानको सरकारमा कतिपय शक्तिशाली समुदायहरुको प्रतिनिधित्व छैन । त्यसप्रति अफगानिस्तानका छिमेकी देशहरुले असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुको उद्देश्य आफू अनुकूलका व्यक्तिहरु सरकारमा घुसाउने देखिएको छ ।

अफगानिस्तानमा दश वटा देशका राजनीतिक प्रतिनिधि मात्र सक्रिय छन् । तर, तालिवानले सत्ता हातमा लिएपछि कुनै देशले त्यहाँको सरकारलाई मान्यता दिएका छैनन् ।

पाकिस्तानको प्रभाव रहेको अफगानिस्तानमा तालिवानमाथि उनीहरुकै हालीमुहाली छ । त्यसलाई अफगानिस्तानका अरु छिमेकीहरुले रुचाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्