Logo

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट



बाजुरा २३ बैशाख । बाजुरामा सत्तासाझेदार दलहरु नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच झडप भएको छ।

चुनाव प्रचारप्रसारको क्रममा बुढीनन्दा नगरपालिका–९ मा दुई पार्टीका कार्यकर्ताबीच कुुकुरलाई हिर्काएको विषयमा झडप भएको हो ।

एसका कार्यकर्ताले कुुकुरलाई हिर्काएको विषयमा दुई पक्षबीच झगडा सुरु भएको प्रहरीले जनाएको छ ।

कांग्रेसको कार्यालय एसका कार्यकर्ताले भित्र पसेर तोडफोड गरेका थिए । प्रहरीले घटनालाई नियन्त्रणमा लिन हवाई फायर समेत गरेको थियो ।

झडपमा कांग्रेसका तीनजना कार्यकर्ता र प्रहरीका तीन जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot