Logo

काठमाडौं महानगर अब महिलाले हाँक्नुहुन्छः चित्रबहादुर केसी



काठमाडौं, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिका अब महिलाले हाँक्ने बताएका छन् । आज गठबन्धनको चुनावी सभालाई काठमाडौमा सम्बोधन गर्दै महिलाको नेतृत्वमा महानगरले उत्कृष्ट कार्य गर्ने आशा व्यक्त गरे ।

‘काठमाडौं महानगर अब महिलाले हाँक्नुहुन्छ,’ केसीले भने,‘सृजना सिंहले विजय हासिल गर्नुहुन्छ ।’ जनमोर्चाले गठबन्धनप्रति इमान्दारिता देखाएको र मत पनि इमान्दारिताका साथ खसाल्ने स्पष्ट पारे ।

प्रतिगमन गठबन्धन भन्दा बलियो भएकाले सजक हुनुपर्ने बताए । गठबन्धनको अग्निपरीक्षा रहेकाले देशभर जिताउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot