Logo

विप्लव छापामार शैलीमा चुनावमा, धर्मेन्द्र बास्तोला बहिष्कारमा



काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह विभाजित भएसँगै दुई पक्षले चुनावमा फरक गतिविधि गर्न थालेका छन् । चुनावमा भाग लिने विषयमा विभाजित भएको नेकपा फरक रणनीतिका साथ अगाडि बढेका हुन् ।

विप्लव समूह छापामार शैलीमा चुनावमा भाग लिइरहेको छ । यसले विभिन्न दलमा आफ्ना कार्यकर्ता घुसाएर चुनाव लडाएको छ भने कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारलाई अगाडि बढाएको छ । चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्नुपर्ने भन्दै विप्लवले त्यस्तो गतिविधि बढाएका हुन् ।

नेकपाबाट विभाजित भई बनेको नेकपा बहुमत भने चुनाव बहिष्कारमा लागेको छ । चुनाव बहिष्कारलाई लक्षित गरी आक्रामक गतिविधि गरिरहेको छ ।

नेकपा बहुमतका धर्मेन्द्र बास्तोला बहिष्कारमा लागेको भन्दै बुधबार दाङको भालुवाङबाट पक्राऊ परेका छन् । प्रहरीले बास्तोला समूहलाई निगरानीमा समेत राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot