Logo

मोदीले नेपालबारे भनेः यो भूमि जहाँ स्वयं भगवान बुद्धले जन्म लिएका हुन्



काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बुद्धले जन्म लिएको भूमि भएकाले आफूलाई यहाँ आउँदा ऊर्जा र चेतना प्राप्त हुने गरेको बताएका छन् । उनले नेपाल आउँदा आफूलाई पृथक महशुश हुनेगरेको बताए ।

‘यो भूमि जहाँ स्वयं भगवान गौतम बुद्धले जन्म लिएका हुन्,’ मोदीले लुम्बिनीमा सम्बोधन गर्दै भने,‘यहाँको ऊर्जा, यहाँको चेतना, एक अलग अनुभूती हुनेगर्छ ।’ उनले आफू यहीकारण नेपाल आउँदा आशिर्वाद महशुश गर्ने गरेको बताए ।

मोदीले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको उल्लेख गर्दै नेपालीहरु भारतको अयोध्यामा राम मन्दिर निर्माण भइरहँदा खुशी भएको जानकारी पाएको बताए ।

मोदीले सारनाथ, कुशिनगर देखि लुम्बिनीसम्मलाई साझा विरासत भने । दुवै देश मिलेर यी साझा विरासतको विकास गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्