Logo

Update: भरतपुरमा एमालेका विजय सुवेदी रेनु दाहालसँग २११ मतले पछि परे, रेनुको अग्रता बढ्दै



काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता बढाउन थालेकी छिन् । उनले एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारिन् । हालसम्म १९ हजार ५ सय ८३ मत गणना सम्पन्न हुँदा दाहालले ६ हजार ६ सय २ मत ल्याईन् ।

त्यस्तै, एमालेका उम्मेद्धवार विजय सुवेदीले ६ हजार ३ सय ९१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने तीन हजार २ सय २१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार २६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार २ सय ५३ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot