Logo

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जीत सुनिश्चित



काठमाडौं, ७ जेठ । धनगढी उपमहानगरपालिकामा मेयरका उम्मेदवार गोपाल हमाल जीतको नजिक पुगेका छन् । उनले निकटम प्रतिद्वन्द्वीलाई ११ हजार मतान्तरले पछि पारेर जीत सुनिश्चित बनाएका हुन् ।

हमालको २२ हजार ५४१ मत छ भने गठबन्धनबाट नेपाली काँग्रेसका नृपबहादुर वडको ११ हजार ५४४ मत छ । नेकपा एमालेका रणबहादुर चन्दको ६ हजार ४२३ मत छ । बाँकी मत गन्दा पनि वडले हमाललाई पराजित गर्न नसक्ने भइसकेको छ ।

उपमेयरमा नेकपा एमालेकी कन्दकलाकुमारी राना र नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीबीच कडा प्रतिष्पर्धा छ । रानाले १० हजार ८८० र क्षेत्रीले १० हजार ७०२ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्