Logo

सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग



काठमाडौं, ९ जेठ । सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग राखेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा माओवादीकी सांसद थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी हुन् ।

महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धि विषयमा छलफल हुँदा सुन्दरी प्रतियोगिता नगर्दा देशलाई कति नोक्सान पर्छ भन्दै प्रश्न समेत गरेकी थिइ्न् ।

थापाले विगतमा पनि माओवादीले सुन्दरी प्रतियोगिताको बारेमा आवाज उठाएको समेत स्मरण गराइन् । सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन् भन्दै उनले यसलाई रोक्न पर्नेमा जोड दिइन् । बलात्कारको घटनामा ऐन संशोधन गरेर हदम्याद नलाग्ने बनाउनु पर्ने उनले धारणा राखिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot