Logo

वेपत्ता जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो



काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।

विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् ।

विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको छैन । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको थियो । विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन् ।-तस्बिरः निरज तामाड.को फेसबुक पेजबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot