Logo

माधव नेपालसँगको एकताबारे विष्णु रिजालको टिप्पणी-हामीले एकताको ढोका बन्द गरेका छैनौं (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उप-प्रमुख विष्णु रिजालले आफ्नो पार्टी जहिल्यैपनि वामपन्थी एकताको पक्षमा रहेको बताएका छन् । तर, अहिले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग भने चुनावी गठबन्धन वा एकता सम्भव नरहेको उनले स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड र माधव नेपालले आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको भन्नु ‘मनको लड्डु घ्यूसँग खानुसरह’ जस्तै भएको दाबी गरे । उनले आफूहरुले कुनैपनि हालतमा प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्नु हजार प्रतिशत झुठो कुरा भएको जिकिर गरे । उनले अहिले माधव नेपालसँग मिल्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

उनले माधव नेपालसँग अहिले एकताको कुरा गर्न सम्भव नरहेको जिकिर गरे । उनले आफूहरु सैद्धान्तिक रुपमा एकताको विरोधी नभएको बताए । उनले भने,‘हामीले एकताको ढोका बन्द गरेको छैन् । अहिलेपनि विभिन्न भूलभलैयामा लागेका र लामो समयसम्म एमालेमा काम गरेका साथीहरु नेकपा एकीकृत समाजवादीमा छन्, उहाँहरुको लागि एमालेको ढोका सँधैं खुल्ला छ ।’



प्रतिक्रिया दिनुहोस्