Logo

अमेरिकी सैनिक कमाण्डर दिल्ली हुँदै किन आए नेपाल



काठमाडौं, २६ जेठ । अमरिकी सेनाको हिन्द-प्रशासन क्षेत्र हेर्ने कमाण्डर चाल्र्स ए. फ्लिन आज काठमाडौं आएका छन् । उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् । उनी अमेरिकी सैन्य जहाजबाट सिधै काठमाडौं ओर्लने भनिएपनि दिल्ली हुँदै आए ।

पूर्व निर्धारित साँढे ५ बजे आउने तय भएको आगमनभन्दा ५ घन्टा अगाडि नै फ्लिन आए । त्यो पनि भारत हुँदै । यसअघि अमेरिकी उपसहायकमन्त्री उज्रा जीया पनि तीन दिन भारत भ्रमण गरी नेपाल आएकी थिइन् । उनले आउनेवित्तिकै सर्वप्रथम तिब्बती शरणार्थी शिविरहरु पुगेर तरंग नै ल्याइदिइन् ।

फ्लिन पनि भारत हुँदै तीन दिने नेपाल भ्रमणका लागि आइपुगे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ । सेनापति शर्मा पनि असारमा अमेरिकाको भ्रमणमा जाँदैछन् ।

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चिनियाँ अधिकारीहरुको आवतजावत् बाक्लिएको थियो । अहिले देउवाको कार्यकालमा अमेरिकी अधिकारीहरुको दौडधूप चलेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पनि संसदबाट पारित भएको छ । युएसएआइडीको सहयोग पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्