Logo

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित



काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।

आज (सोमबार) काठमाडौंको पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतको अन्तरले हराएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्रै पाएका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot