Logo

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, स्वयम्भुदेखि हनुमानढोकासम्म पदमार्ग निर्माण गर्ने निर्णय



काठमाडौं, १३ असार । नवनियुक्त सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार आएर मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै मन्त्री श्रेष्ठले स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि बजेट छुट्याईसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot