Logo

काठमाडौंमा जगन्नाथ रथयात्राको रौनक (फोटोफिचर)



काठमाडौं, १७ असार । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा आज काठमाडौंमा जगन्नाथ रथयात्रा गरिएको छ । उक्त रथयात्राको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् ।

सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ समेत गरेकी थिइन् । सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ। रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो । रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणको सहभागिता रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot