![](https://reportersnepal.com/wp-content/uploads/2021/08/Prithvi_Narayan_Shah-768x768.jpg)
काठमाडौं, १९ असार । पृथ्वीनारायण शाहले भूगोललाई सांस्कृतिक सम्बन्धमार्फत् जोडेका थिए । उनले मधेशकी चेली विवाह गरेको इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् ।
बाबुराम आचार्यले गोरखपुरलाई पनि मधेश भनी उल्लेख गरेका छन् । मधेशकी दयाराम सिंह नामका राजपूतकी छोरी नरेन्द्रलक्ष्मीसँग उनको विवाह भएको थियो ।