Logo

अमेरिका र बेलायतका गुप्तचर प्रमुखले किन देखे चीनबाट सुरक्षा खतरा



एजेन्सी, २३ असार । अमेरिकी र बेलायतका गुप्तचर प्रमुख एक ठाउँमा उभिएर चीनबाट सुरक्षा खतरा औल्याएका छन् । बलायतको थेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयमा पहिलोपटक भएको दुई गुप्तचर प्रमुखबाट भएको उपस्थितिमा चीनबाट दीर्घकालीन सुरक्षा र आर्थिक खतरा औल्याएका हुन् ।

अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेले चीनले आन्तरिक राजनीतिमा समेत हस्तक्षेप गरेको बताए । उनले हालैका चुनावहरुमा समेत चीनले हस्तक्षेप गरेको आरोप लगाए ।

बेलायती गुप्तचर निकाय एमआई फाइभका प्रमुख केन म्याकालुमले पनि चीनबाट खतरा औल्याए । चीनको चुनौतीको सामना गर्न विगत तीनवर्षयता दोब्बर बढी कार्य गर्नुपरेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधिबारे सन् २०१८ को तुलनामा सात गुणा बढी अनुसन्धान गर्नुपरेको समेत बताएका छन् ।

एफबीआईका रेले चीनले ताइवानमाथि बलपूर्वक नियन्त्रण कायम गरेमा विश्वव्यापी भयावह अवस्था आउने बताए । विशेषगरी व्यापारमा ठूलो अवरोधहरु आउने उनको भनाई थियो ।

पछिल्लो समय विश्वभर चीनको आक्रामक उपस्थिति बढेको छ । चीनमाथि अमेरिका र यूरोपेली देशहरुले साइबर हमलाको आरोप लगाइरहेका छन् । गोप्य विवरणहरु चोरी गरेकोलगायतको आरोप लगाइरहेका छन् । अमेरिका र बेलायतको राजनीतिक दलका नेताहरु नै चीनबाट प्रभावित भएको विषयहरु आइरहेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot