Logo

केपी ओलीसँग सहकार्यको सम्भावना छैन् : मन्त्री कुँवर (भिडिओसहित)



काठमाडौं, २५ असार । श्रम तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आजको दिनमा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो पार्टीको कुरा पनि नमिल्ने जिकिर गरे ।

उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको परीणाम ल्याउन नसकेको स्विकारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋीष धमलासँग कुरा गर्दै उनले नेपालमा वामपन्थीहरुबीच एकताको जहिल्यैपनि सम्भावना रहेको बताए ।

उनले वर्तमान सरकार असफल नभएको जिकिर गरे । सरकार जनताको समस्या समाधानको लागि लागिपरेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot