Logo

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगे



काठमाडौं, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगेका छन् । विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो ।

अहिले उनीहरुलाई बत्तिसपुतलीस्थित होटल द्धारिकामा राखिएको छ । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्षलगायतका नेताहरुसँग भेटवार्ता गर्ने योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्